काठमाडौं । कैलाली, गोदावरी नगरपालिका ५ गेटा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका(१३ बस्ने २६ वर्षीया अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका(११ होल्डिङ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित भिमदत्त नगरपालिका ७ बस्ने २० वर्षीय जितेन्द्र बोहरा समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीहरूले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका ७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय कौसल महरा, २५ वर्षीय सौरभ सिंह र २४ वर्षीय मनोज सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुर शाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका २ अर्चलबोटबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ग्राम र पोल्याण्ड ८५ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पर्वत जलजला गाउँपालिका ५ लेकफाँट घर भएका २० वर्षीय आषिस गुरूङ, सोही महानगरपालिका २ बिन्दबासिनी बस्ने २२ वर्षीय ओम पुन र सोही महानगरपालिका १८ बस्ने २५ वर्षीय रोशन थापा मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













