कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिनदिन भित्र विश्वासको मत लिने तयारी गरेका छन् । शाहले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बुधबारलाई विश्वासको मत लिनेगरी मुख्यमन्त्रीबाट पत्र आएको बताए । ‘सचिवालयमा पत्र आएको छ । मंगलबार प्रदेशसभाको बैठक पनि छ ।
मंगलबारको बैठकपछि बुधबार विश्वासको मतको लागि बैठक राख्ने नराख्ने निर्णय हुन्छ’, सूचना अधिकारी जैशीले भने। शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।













