धनगढी । । कैलाली र कञ्चनपुरका विभिन्न स्थानवाट १३ लाख वढीको भन्सार छलिको सामान प्रहरी ले वरामद गरेको छ ।
मंगलवार साँझ कैलालीको धनगढी २ ट्राफिक चौराहा, ३ मिलन चोक, १७ पटेला, टीकापुर ९ खैरीपुर, भजनी ९
पहवान र गन्जहुवाको जंगलबाट मूल्य रु। १०,५७,५६७।– बराबरको चिनी, खाने तेल, बिडी, सुर्ती, भाँडाकुँडा, कस्मेटिक समान,
किराना समान, सुटपिस सारी, राधे राधे गम्छा, चेक गम्छा, सादा गम्छा, टिकटक कुर्ती, कुर्ती, धोती, मोबाइलका बिभिन्न पार्ट पुर्जाहरु, टर्च लाईट, पावर बैंक, साइकल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कञ्चनपुरको भिमदत्त ५ कालिका पुल नजिक,१२ भाइरल रोड र१७ बाँसखेडाबाट मूल्य रु।३,११,३५०।– बराबरको पेन्ट, ग्यालेण्डर, कब्जा,बोल्ड, स्टिलका भाँडाकुडा, फुटबल सुज, छापाखानामा प्रयोग हुने मसि, भारतिय नम्बर प्लेटको मोटरसाइकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













