म्याग्दी । अन्नपूर्ण गाउँपालिका(७ हिस्थानमा रोकी राखेको ग।१ ज ७९४५ नम्बरको बलेरो जिप अचानक पछाडि ब्याक हुन गई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका(७ हिस्थान बस्ने ६४ वर्षीय भिम बहादुर
पुनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान
गरिरहेको जनाएको छ ।













