धनगढी- प्रहरीले जुवा मुद्दामा फरार रहेका पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धब सार्की,२८ वर्षीय दीपक कामी रहेका छन्। यस्तै अमरगढी नगरपालिका–२ का बीरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपालीका ३९ वर्षीय खगेन्द्र नाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जुवा मुद्दामा पाँच हजार जरीवाना ठहर गरेपछि उनीहरु फरार रहेका थिए ।















