धनगढी- कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट सोही ठाउँका ४२ वर्षीय भगवतीप्रसाद भट्ट शनिबार लागूऔषधसहित पक्राउ परेका हुन् ।
भट्टलाई रेक्सोपोरिक एम्फुल ६ थान र फेनारगन एम्फुल ६ थानसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।













