कैलाली । जनता राष्ट्रिय माध्यमिक विद्यालय हाता भित्र सरस्वती मन्दिरको सिलन्यास गरेको छ । धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँका जेष्ठ नागरिकको पहलमा मन्दिरको सिलन्यास गरिएको हो ।
आज जनैपुर्णिमाको अवसर पारेर वडा अध्यक्ष विजय जोशीले मन्दिरको सिलन्यास गरेको सामजसेवी एवं पूर्व शिक्षक लोकराज पाण्डेयले निशाना न्युजलाई जानकारी दिए ।
जेष्ठ नागरिकको वैठकले यस अघि भाद्र ३ गते मन्दिरको सिलन्यास गर्ने, प्राविधिकको सहयोगमा स्टमेट निर्माणका लागी वडा अध्यक्ष विजयराज जोशीलाई आग्रह गर्ने ,आर्थिक सहयोगका लागि विभिन्न संघ–संस्था र इच्छाएका व्यक्तिलाई अपील गरेर अघि बढने थियो सोही अनुसार आज मन्दिरको सिलन्यास गरिएको उनले वताए ।
सिलन्यास कार्यक्रममा समाजसेवी प्रेम ठकुल्ला, हरिश खडका, वडाध्यक्ष विजयराज जोशी, समाजसेवी लोकराज पाण्डेय,खडक राना,नन्दराज ओझा, देवराज पन्त,जयदेव पाण्डेय,हिराराना,रोना राना प्रमानन्द भट्ट, टेकराज भट्ट, ,हरिश वोहरा ,गोरख भण्डारी लगायतको उपस्थिती रहेको थियो ।













