• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अति दुलर्भ खरमजुर संरक्षण गर्न घाँसे मैदान व्यवस्थापन

  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित

कञ्चनपुर- अति दुर्लभ खरमजुरको संरक्षण गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिरको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको छ ।

नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) ले अमेरिकी सहयोग नियोग (युएसआइडी) को जलजङ्गल परियोजनाअन्तर्गत बेलौरी, पुर्नवास नगरपालिका बेलडाँडी र लालझाडी गाउँपालिकामा रहेका प्राकृतिक घाँसे मैदानको व्यवस्थापन गर्न थालेको हो ।

सङ्घका चरा संरक्षणकर्मी हिरुलाल डगौराका अनुसार उल्टनपुर, नन्दगाउँ, किसान मध्यवर्ती क्षेत्रमा घाँसे मैदानको व्यवस्थापन थालिएको छ । घाँसे मैदानमा रहेका अनवाश्यक घाँस, झाडी हटाउने भइसकेको उनले बताए । प्रजननको समयमा खरमजुर निकुञ्जको भित्री भागमा रहेको घाँसे मैदानमा आउने भए पनि त्यसपछिको समय निकुञ्ज बाहिर जाने गर्दछ ।

सोही कारणले बासस्थान पुनःस्थापना र सुधार गर्न बाह्य क्षेत्रको घाँसे मैदान व्यवस्थापनको काम गरिएको डगौराले बताए । “बासस्थान मासिँदै जाँदा प्रत्येक वर्ष खरमजुरको सङ्ख्यामा कमी आउन थालेको छ”, उनले भने, “बासस्थान सुरक्षाका लागि घाँसे मैदान व्यवस्थापनको कार्यसँगै स्थानीय बासिन्दा, युवा सञ्जाल, सामुदायिक वनका पदाधिकारी, महिला समूह, जनप्रतिनिधिसँग छलफल, तालिमलगायत कार्य गरेका छौँ ।”

डगौराका अनुसार १२ सामुदायका पाँच सय ७७ र चार पालिकाका युवा सञ्जालमा आबद्ध एक सय ४० जना युवालाई खरमजुर संरक्षणका लागि तालिम दिइएको छ । यसैगरी चार वटा प्रकृति तथा चरा पर्यटनसम्बन्धी तालिम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ३७ जना कर्मचारीलाई खरमजुर संरक्षणसम्बन्धी तालिम दिइएको उनले जानकारी दिए ।

खरमजुर गणना तथा सर्भेक्षणको कार्यका लागि सर्भेक्षण प्रोटोकल बनाइएको चरा संरक्षणकर्मी डगौराको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् १९८२ मा पहिलो पटक गरिएको सर्भेक्षणमा खरमजुर १४ देखि १५ को सङख्यामा पाइएको थियो । सन् २००० मा १२, सन् २०१४ मा आठ, सन् २०२१ मा सात र सन् २०२३ मा पाँच वटा रहेका चरा संरक्षणकर्मी डगौराले जानकारी दिए । उक्त गणनाको तथ्याङ्कअनुसार प्रत्येक वर्ष खरमजुरको सङ्ख्या घट्दै गएको छ ।

खरमजुरले सिरु, काँस र खडाइका घाँसे मैदानमा बस्न मन पराउँछ । चर्नका लागि छोटो घाँस भएका मैदानलाई रोज्ने गर्दछ । प्रजननका बेला अग्ला घाँस भएका मैदानमा भेटिने गरेकाले घाँसे मैदान व्यवस्थापनको कार्य गरिएको उनले उल्लखे गरे । प्रजननको समयपछि यो सुक्खा घाँसे मैदान र खेतबारीमा भेटिए पनि यसको प्रजननपछिको बासस्थानको बारेमा कम अध्ययन भएको उनले बताए ।

“खरमुजुर प्रायःजसो आहारा खोज्न बिहान र बेलुका मात्रै सक्रिय हुने गर्छ । यो सर्वहारी पक्षी भएकाले ससाना कीरा, फट्याङ्ग्रा, छेपारोदेखि घाँस, दाना फलफूल खान्छ । एक्लै बस्न रुचाउने पछी भएपनि प्रजननको समयमा भाले र पोथी दुवै जोडीका रुपमा भेटिने गर्दछन्”, डगौराले भने ।

उनका अनुसार यसको प्रजनन चैतदेखि जेठसम्म हुने गर्छ । पोथीलाई आकर्षित गर्नका लागि भालेले जमिनमाथि निरन्तर उफ्रिदै मनमोहक नाच देखाउँछ । पोथीले अग्लो घाँसे मैदानमा १/२ वटा अण्डा पारेपछि करिब चार हप्तासम्म ओथारो बसी बच्चा कोरल्ने उनले जानकारी दिए ।

“खरमुजुर तराईमा पाइने घाँसे मैदानको आवासीय पक्षी हो”, चराविद्समेत रहेका डगौराले भने, “यसको भालेभन्दा पोथी केही ठूलो हुन्छ, पोथीको शरीरको लम्बाइ ६६ देखि ६८ सेन्टिमिटर र तौल एक दशमलव सात देखि एक दशमवलव नौ किलो हुन्छ । भालेको शरीरको लम्बाइ ६२ देखि ६४ सेन्टिमिटर र तौल एक दशमलव दुई देखि एक दशमवलव पाँच किलो हुन्छ ।” उनका अनुसार भालेको टाउको, घाँटी र माथिल्लो भाग कालो र पखेटाको रङ सेतो हुन्छ । यो उड्दा प्रष्ट देखिन्छ । पोथी र बच्चाको रङ भने मैलो खैरोदेखि बलौटे कैलोसम्म हुन्छ ।

खरमुजुर नेपालको संरक्षित क्षेत्रहरू कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु निकुञ्जमा पाइन्छ । नेपालमा बाहेक यो दुर्लभ पक्षी भारत र कयाम्बोडियामा मात्रै पाइन्छ । विभिन्न अध्ययनका क्रममा भियतनाम र बङ्गलादेशबाट यो पक्षी लोप भइसकेको चराविद् डगौराले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सूचीमा खरमुजुरलाई विश्व र नेपालमा अति सङ्कटापन्न अवस्थामा राखिएको छ । रासस

सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.