• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गुट र उपगुटका कारण पार्टी कमजोर भएको माओवादीको निष्कर्ष

  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले गुट र उपगुटका कारण पार्टी कमजोर भएको निष्कर्ष निकालेको छ । साउन ३१ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले व्यक्तिगत स्वार्थ र पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू हाबी हुँदा पार्टीमा विधान र विधि पद्धतिलाई अवलम्बन गर्न नसकिएको समेत निष्कर्ष निकालेको छ ।

पार्टी निर्माणका लागि निजी स्वार्थ केन्द्रित गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई दुरुत्साहित गर्दै माओवादीलाई नयाँ उचाइमा लैजानुपर्ने निर्णयसहित आइतबार मातहतका समितिलाई परिपत्र पठाएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार आइतबार जारी गरिएको परिपत्रमा भनिएको छ, ‘कार्यदिशा अनुरूप कार्यक्रम र कार्यनीतिहरूलाई कार्यान्वयन गर्नका लागि मुख्यतः पार्टी सङ्गठनमा निर्भर रहन्छ । परन्तुः पार्टी सङ्गठनको क्षेत्रमा जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो त्यस रूपमा अगाडि बढाउन सकेनौँ । पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो । त्यसले गर्दा निजी स्वार्थ समूहहरूको गुट– उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखिए ।’

विगतको समीक्षा गर्दै परिपत्रमा थप व्याख्या गरिएको छ’, ‘पार्टीको विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर बन्दै गयो र एक प्रकारको अराजक स्थिति पनि पैदा भयो । विगतकालमा त्यस प्रकारका चिन्तन प्रवृत्तिप्रति उदार सोचहरूले गर्दा त्यसलाई दुरुत्साहित गर्न सकेनौँ ।’

परिपत्रअनुसार माओवादीले पार्टीलाई एकताबद्ध गर्दै नयाँ उचाइमा पुर्‍याउन समान विचार मिल्ने अन्य वाम घटकहरूसँग पनि वामपन्थी ध्रुवीकरण तथा बृहत् कम्युनिस्ट पार्टी एकतामा जोड दिएको छ । तत्काल पार्टी एकता हुन नसकेका अन्य वाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिइएको छ ।

साउन २५ देखि ३१ गतेसम्म ६ दिन बसेको बैठकमा बोल्ने सबै नेताहरूले पार्टी संगठनमा देखिएका निजी स्वार्थ केन्द्रित गुट–उपगुटहरू लगायत संगठनात्मक समस्याबारे खुलेर बहस गरेका थिए । पार्टीलाई बलियो बनाउन गुटबन्दीको अन्त्य गरी विधि र पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्नेमा उनीहरूले नेतृत्वलाई सुझाव दिएका थिए ।

माओवादीभित्र दुई लाइन सङ्घर्ष कुनै नयाँ विषय होइन । तर दीर्घकालीन रूपमा समस्याको व्यवस्थापन र समाधानमा नेतृत्वले ध्यान नदिँदा पटक पटक पार्टी विभाजन भएको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी पठाएको परिपत्रमा नै विभिन्न स्वार्थ समूहको गुट–उपगुट सक्रिय रहेको स्विकारेकाले गुटबन्दीको प्रभाव झाँगिँदै गएको स्पष्ट हुन्छ । अब पनि गुटबन्दीको समाधान नखोजिए प्रचण्डले बलियो पार्टी बनाउने भनेअनुसार सफलता प्राप्त गर्न असम्भव जस्तै रहेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल गुटबन्दीका कारण पार्टी कमजोर भएको स्विकार्छन् । विगतमा बाबुराम भट्टराई गुटमा सक्रिय रहेका उनले भट्टराई पार्टीबाट अलग भएपछि आफू कुनै गुटमा नलाग्ने घोषणा गरेको बताए ।

‘पार्टीमा बसेर कसले गुटबन्दी गरेको छ, त्यो अध्यक्षलाई नै थाहा होला । मुख्य कुरा गुटबन्दी हुँदा कम्युनिस्ट पार्टी कुनै गतिलो भएको छैन’, उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि हाम्रो वर्गसँग सम्बन्ध कमजोर भयो । दलाल पुँजीपतिसँग सम्बन्ध बलियो हुँदै गयो । पार्टीभित्रको अन्तरसंघर्षमा पनि अवसरवादी, स्वार्थ समूहको गुटबन्दी हाबी भयो । यसले पार्टीमात्र नभई माओवादी आन्दोलन नै कमजोर भयो ।’

नेताहरूको अवसरवादी सोच तथा माओवादी विरोधीहरूसँगको उठबसले पार्टी ठिक ठाउँमा नअडिएको उनको बुझाइ छ । अध्यक्ष प्रचण्डको निष्कर्ष पनि माओवादी विरोधी, दलाल नोकरशाही पुँजीपतिहरूसँग उठबसले पार्टी बन्न नसकेको रहेको गजुरेलले जानकारी दिए ।

तर गजुरेलको भनाइ विपरीत एक स्थायी समिति सदस्यले भने पार्टीभित्र गुट–उपगुट बनाउने र भत्काउने काम अध्यक्ष प्रचण्डबाट नै हुने गरेको आरोप लगाए ।

उनले विगतमा आफू अप्ठ्यारोमा पर्दा कहिले मोहन वैद्य, कहिले बाबुराम भट्टराई र कहिले नारायणकाजी श्रेष्ठ समूहलाई उचाल्ने काम गरेका ती सदस्यको बुझाइ थियो । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र शक्ति बस्नेतलाई उचालेर उपमहासचिव जनार्दन शर्मालाई ‘डाउन’ गर्ने प्रयासमा प्रचण्ड देखिएको ती नेताले दाबी गरे ।

‘प्रचण्ड निकै चलाख छन् । नारायणकाजी, वर्षमान र शक्ति बस्नेतलाई उचालेर जनार्दनलाई डाउन गर्न लागिपरे । कहिले जनार्दनलाई महासचिव बनाउने आश्वासन दिने, कहिले वर्षमानलाई महासचिवको आश्वास दिएर नेताहरू उचाल्ने काम अध्यक्षबाट नै भइरहेको छ । अन्य नेताहरूले गुटबन्दी गरेको आरोप लगाउनेले पहिला आफू सच्चिनुपर्छ’, ती सदस्यले भने ।

उसो त पार्टीभित्र गुटबन्दी हाबी भएकाले माओवादी आन्दोलन कमजोर भएको विषय अध्यक्ष प्रचण्ड आफैले पटक पटक सार्वजनिक रूपमै भन्दै आएका छन् ।

२०७९ वैशाखको अन्तिम साता भएका स्थानीय तह निर्वाचनमा पार्टीले जित्ने ठानिएको ५० सिट गुमेपछि उनी निकै आक्रोशित भएका थिए । सोही वर्ष भदौ दोस्रो साता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उनले स्वार्थ समूह कार्यकर्ता तहमा नभई नेताहरूमा भएको आरोप लगाएका थिए । पार्टीभित्र देखिएका गुटबन्दी र स्वार्थ समूहका कारण पार्टी नै विघटन गर्नुपर्ने अवस्थामा पुगेको उनले बताएका थिए ।

‘नेताहरूको बिचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन् । यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ’, अन्तर्घात भएकोमा असन्तुष्टि जनाउँदै उनले भनेका थिए ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, एकीकृत समाजवादीसँग सहकार्य गरी १२२ सिट जितेको माओवादीले अन्तरघार्तका कारण ५० सिट गुमाएको छानबिन समितिले निष्कर्ष निकालेको थियो । नेताहरूले गुटबन्दी र स्वार्थ समूह बनाउन नछाड्ने भए पार्टी नै विघटन गरिदिने उनले पटक पटक चेतावनी दिएका छन् ।

पछिल्लो पटक बसेको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले सङ्गठनमा देखिएको समस्या, पार्टी निर्माण र नेतृत्वको सम्बन्धमा १४ बुँदे फरक प्रस्ताव पेस गरेपछि माओवादीभित्रको आन्तरिक विवाद फेरि सतहमै छताछुल्ल भएको छ ।

शर्माको फरक मतबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटस्थबाट पार्टी फुटाउन लागिएको हल्ला समेत चलाइएको थियो । तर शर्माले आफूले नेतृत्वलाई असहयोग गर्न नभई पार्टी थप बलियो बनाउन फरक प्रस्ताव ल्याएको जिकिर गरेका छन् ।

यस्तै प्रचण्डले पनि बैठकको निर्णयसहित शर्माको फरक प्रस्तावलाई समेत समेट्ने प्रतिबद्धता जनाइसकेका छन् । बैठक लगत्तै शनिवार राजधानीमा भएको एक कार्यक्रममा जनार्दनले प्रचण्डलाई हटाएर अध्यक्ष बन्ने आफ्नो कुनै चाहना नभएको बताएका थिए । दुई नेताबिच मन माझामाझ भएको ठानिएको उक्त कार्यक्रममा प्रचण्डले पनि जनार्दनको सम्बन्धबारे खुलेर बोलेका थिए । सो क्रममा उनले जनार्दनले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका थिए । राताेपाटीबाट

  • माओवादी
सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.