धनगढी- कैलालीकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–१० आमखोईया बस्ने ८ वर्षया कल्पना रोकायको सोमवार मृत्यु भएको हो । उनी घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएकी थिइन् । खोजतलास गर्दा सोही खोलामा मृत अवस्थामा फेला परेकी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













