• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १८ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विरोधका बाबजुद प्रदेश निजामती सेवा ऐन संशोधन

  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र सांसदहरुको विरोध जनाएपनि प्रदेश सभाले निजामति सेवा ऐन संशोधन गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेश सभाको मंगलबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशको निजमती सेवा ऐन २०७९ लाई संशोधन गरेको हो । प्रदेशमा रहेका कर्मचारीलाई सेवा गर्न असहज भएको र प्रदेशको निजामती सेवालाई प्रभावकारी बनाउन भन्दै प्रदेश सरकारले सो ऐन संशोधन विधेयक ल्याएको थियो ।

कर्मचारीहरुको सेवा सुविधा बृद्धि गर्ने उद्देश्यले प्रदेश सरकारले १३२ वटा दफा रहेको ऐनमा ४६ वटा दफा संशोधन गर्न संशोधन विधेयक ल्याएको थियो । २०७९ मा ऐन ल्याउँदा पनि विरोध जनाएको थारु समुदायले संशोधनमा समेत विरोध जनाएको थियो । प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता तथा पूर्व मन्त्री घनश्याम चौधरी, पूर्व मन्त्रीहरु रामेश्वर चौधरी, कैलाश चौधरी, टीका थापा लगायतका सांसद्हरु र नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य गीता चौधरीले ऐन संशोधनको विरोध गरेका थिए । कांग्रेसकी सांसद गीता चौधरीले पार्टीले ऐन संशोधन विधेयक पारित गर्न ह्वीप जारी गरेको भएपनि त्यसको बेवास्ता गर्दै नागरिक उन्मुक्ति पार्टीका सांसद्हरुसंगै विरोध गरेकी थिइन् ।

सो ऐन संशोधन सम्बन्धी विधेयक २०८० माघ २४ गते प्रदेश सभामा दर्ता भएकोमा प्रदेश सभाले संशोधन विधेयकमाथि सामान्य छलफल गरी विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफलका लागि पठाएको थियो । विधायन समितिले दफावार छलफलको प्रतिबेदन आइतबार प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको थियो । मुल ऐनको दफा ३९ संशोधन गरी साविकमा श्रेणीविहीन, तहविहीन वा तह काउम नभएका कर्मचारीको पदको स्तर निर्धाणरण गरिएको छ । सो दफामा प्रथमस्तर, द्वितीयस्तर, तृतीयस्तर, चतुर्थस्तर र पाँचौंस्तर कायम गरिएको छ । त्यस्ता कर्मचारीको स्तर बृद्धिको लागि ५ देखि २० वर्षसम्म सेवा अवधि समेत निर्धाण गरिएको छ ।

यसैगरी, मुल ऐनको दफा १० मा महिलालाई ३३, दलितलाई १४, थारु÷रानालाई १३, विपन्न खस आर्यलाई ११, आदिवासी जनजातिलाई १०, पीछडिएको क्षेत्रलाई १०, अपांगलाई ४, मधेशीलाई ३ र मुस्लिमलाई २ प्रतिशत आरक्षणको व्यवस्था गरिएको संशोधन गरी महिलालाई ३३, दलितलाई १५, थारु÷रानालाई १५, विपन्न खस आर्यलाई १२, आदिवासी जनजातिलाई ७, पीछडिएको क्षेत्रलाई १०, अपांगलाई ५, मधेशीलाई २ र मुस्लिमलाई १ प्रतिशत व्यवस्था गरिएको छ । थारु समुदायलाई आरक्षणको व्यवस्था अप्रर्याप्त भएको भन्दै मन्त्री, सांसदहरु र थारु अगुवाहरुले विरोध जनाएका छन् । उनीहरुले थारू र राना थारु जनसंख्याको आधारमा न्यूनतम १८ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिने, महिलाको लागि आरक्षित ३३ प्रतिशत स्थानमा पनि १८ प्रतिशत थारू र राना थारु महिलाको समावेशी सुनिश्चित गरिने र थारु समुदायलाई प्रदेश स्तरीय क्लस्टरमा मान्यता दिने व्यवस्था ऐनमा समावेश गर्न माग गर्दै विरोध गरेका थिए ।

थारु समुदायले संशोधन विधेयक विरुद्ध प्रदेश सभा अगाडि धर्ना समेत गर्ने आन्दोलन घोषणा गरेको भोलिपल्ट प्रदेश सरकारले प्रदेश सभाबाट सो ऐनको संशोधन बहुमतले पारित गरेको हो । सभामुख भीमबहादुर भण्डारीले बहुमतले संशोधन पारित भएको घोषणा गरे । संशोधन विधेयक पारित हुनु अघि विधेयकको दफा र आनुसांगिक दफामाथि छलफल गरिएको थियो ।

कांग्रेसकी सांसद तुलसी देवकोटाले विधेयकमा सबै विषय समावेश गरिएको बताइन् । उनले ऐन पारित भएपनि लागु नहुँदै संशोधन गर्नुपर्ने अवस्था आएको भन्दै उनले संशोधन भएपछि तुरुन्त लागु हुने विश्वास व्यक्त गरिन् । नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले ऐनमा समावेशिता समावेश हुन नसकेकोले थारु, आदिवासी समुदाय आन्दोलित भएको जानकारी गराए । उनले यसले दुरगामी असर गर्ने बताउँदै हतारमा विधेयक पारित गर्नु भन्दा केही समय रोकेर थप छलफल गरी पारित गर्नुपर्ने बताइन् ।

उनले कर्मचारीको बढुवा सम्बन्धी व्यवस्था गरिनु उपयुक्त रहेको बताए । सम्बन्धित जनसमुदायसंग छलफल नगरी, लक्षित समुदायको भावनालाई नसमेटेर ऐन पारित गर्दा पटक पटक संशोधन गर्नुपर्ने अवस्था आउने बताए । उनले हतारमा संशोधन विधेयक पारित गर्न नेकपा माओवादी केन्द्र सहमत नरहेको बताए ।

नेकपा एमालेका संसदीय दलका सचेतक चक्रबहादुर मल्लले नागरिक समुदायको समावेश गर्न प्रदेश सभा र सरकार सचेत रहेको बताउँदै थप संशोधन गर्न सकिने बताए । उनले तत्कालको समस्या समाधान गर्न संशोधन विधेयकको समर्थन जनाए ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले थारु÷रानाथारुको आरक्षण १७.८२ प्रतिशत बनाउनुपर्ने बताए । उनले पीछडिएका खसआर्यका लागि १२ प्रतिशत बनाएकोमा पीछडिएका थारु जनजाति नसमेटिएको विरोध जनाए । उनले यथास्थितिमा संशोधन विशेयक पारित गर्न नसकिने बताउँदै विरोध जनाए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिंदै ७ वर्षदेखि कर्मचारीहरुको बृद्धि विकास रोकिएकोले संशोधन विधेयक ल्याएको बताए । उनले विधायन तथा प्रदेश मामिला समितिले व्यापक छलफल गरेर आइसकेको हुनाले कर्मचारीको बृद्धि विकास नरोक्न सिकने बताए ।

  • विरोधका बाबजुद प्रदेश निजामती सेवा ऐन संशोधन
मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी
तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १८ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.