धनगढी- कुटपिट मुद्दामा दोषी ठहर भएका बैतडीका एकजना पक्राउ परेका छन् । जिल्लाको मेलौली नगरपालिका–१ का ४३ वर्षीय जनार्दन नेगी पक्राउ परेका हुन् ।
नेगीलाई बैतडी जिल्ला अदालतको २०८० श्रावण २८ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरीवाना तोकिएपछि फरार रहेका थिए । नेगीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलवार दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।















