• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १८ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी

  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित

भजनी- आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाएकी टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्छिन् ।

“जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन”, उनी भन्छिन्, “थोरै जमिनमा सागसब्जीबेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ ।” उनले वर्षभरि प्रायः यामअनुसार सागसब्जीका बेर्ना उत्पादन गर्दै आएकी छिन् । एक कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्दै आएकी उनले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाख आम्दानी हुने गरेको बताइन् ।

सागसब्जीका बेर्ना उत्पादन गर्ने किसानलाई कृषि हाटबजारले राम्रो साथ दिएको छ । थोरै जमिन भएकालाई पनि हाटबजारमा पाइने सागसब्जीका बेर्नाले सहज बनाएको छ । टीकापुरकै सुदेशु चौधरीले कृषि हाटबजार लक्ष्यित गरेर सागसब्जीका बेर्ना तयार पार्ने गरेको सुनाउँछन् । “हामीले बिक्री गर्ने बेर्ना व्यावसायिक कृषिखेती गर्ने किसानभन्दा घरको आँगन वरपर बचेको जमिनको सदुपयोग गर्नेले किन्ने हो”, उनी भन्छन्, “बेर्ना बेचेर आएको पैसाले घर खर्च, बेर्ना उत्पादनका लागि लाग्ने लागतसहित थोरै भए पनि बचत हुने गरेको छ ।” वार्षिक चारदेखि पाँच लाखसम्मको सागसब्जीका बेर्ना आफूले बिक्री गर्दै आएको सुदेशु बताउँछन् ।

वीणा चौधरी पनि एक दशकभन्दा लामो समयदेखि तरकारीको बेर्ना उत्पादन गर्दै आएकी छिन् । अरुले व्यवसाय गरेको हेरेर सागसब्जीबेर्ना उत्पादन सुरु गरेकी चौधरीले छ महिनाको सागसब्जीका बेर्ना उत्पादन तालिम नै लिएकी छिन् । तालिम लिएपछि व्यावसायिक रूपमा उनको परिवार नै त्यसैमा निर्भर छ । फार्ममा कैलालीका विभिन्न पालिकाबाट बेर्ना किन्न आउने गरेको उनी बताउँछिन् । सागसब्जी बेर्ना बिक्रीका लागि कृषि हाटबजार किसानका लागि बरदान बनेको उनी बताउँछिन् । “उत्पादन भएको बेर्नाको बजारीकरणमा समस्या त छैन, तर पनि हाटबजारले बजारीकरणमा थप सहयोग पुर्याएको छ”, उनी भन्छिन् । बेर्ना बिक्रीबाट वार्षिक छ लाखसम्म कमाइ हुने गरेको उनले बताइन् ।

सिर्जना चौधरीको आठजनाको परिवार तरकारीको बेर्ना उत्पादन गर्ने र बिक्री गर्नमै व्यस्त छ । हप्ताको दुई दिन सृजनाको परिवारको चारजना कृषि हाटबजारमा बेर्न बिक्री गर्न पुग्छिन् । कृषि हाटबजारमा पनि फरकफरक ठाउँमा बसेर उनीहरूले बेर्ना बिक्री गर्छन् । पाँच कठ्ठामा सागसब्जीबेर्ना उत्पादन गर्दै आएका उनका परिवारको आर्थिक स्रोतको मुख्य आधार नै तरकारीको बेर्ना हो ।

बेर्ना बिक्री गरेर आएको पैसाले उनको घरको हरेक खर्च व्यवस्थापन हुन्छ । “जमिन भएको भए तरकारीखेती पनि गरिन्थ्यो । भएको जमिन बेर्ना उत्पादनका लागि कम भएको छ”, सिर्जना भन्छिन्, “कृषि हाटबजारले हामीले उत्पादन गरेको बेर्नाले माग धान्न सकेको छैन । आवश्यकतानुसार बेमौसमी सागसब्जीबेर्ना पुर्याउन सकिएको छैन ।”

रामलक्ष्मी चौधरी गृहिणी छिन् । श्रीमान् शिक्षण पेशामा हुँदा छिमेकीबाट तरकारीको बेर्ना उत्पादन गर्न सिकेकी रामलक्ष्मीले घरको खर्च टार्न श्रीमान्सँग पैसा माग्नुपरेको छैन । आफ्नो घर छेउमा रहेको एक कठ्ठा जग्गा भाडामा लिएर बेर्ना उत्पादन गर्दै आएकी रामलक्ष्मीले बेर्ना बिक्री गरेर वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको बताइन् । उनले उत्पादन गरेको बेर्नाको बजारीकरणको आधार त्यहीँ कृषि हाटबजार हो ।

टीकापुरमा केही महिलाले महिला कृषि सहकारी संस्था दर्ता गरेर तरकारीको बेर्ना उत्पादन सुरु गेका छन् । किस्निनिया महिला कृषि सहकारी दर्ता गरेर तरकारीको बेर्नासहित महिलालाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको सहकारी संस्थाकी अध्यक्ष करिष्मा कठरिया बताउँछिन् । “हामी अहिले एक सय एकजना महिला सहकारीमा आवद्ध भएर काम गरिरहेका छौँ । खासगरी महिलालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले सहकारी स्थापना गरेका थियौँ”, उनले भनिन्, “त्यसैअनुसार तरकारीको बेर्ना उत्पादन सुरु गरेका छौँ भने अन्य कृषिसँग सम्बन्धित व्यावसायिक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

टीकापुरमा हप्ताको पाँच दिन कृषि हाटबजार सञ्चालन हुँदै आएको छ । हरेक मङ्गलबार र शुक्रबार सागसब्जीका बेर्नासहित उत्पादन भएको कृषिउपज बिक्रीका लागि कृषि हाटबजार पुग्ने गरेका छन् । रासस

  • सागसब्जी
बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी
तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १८ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.