अछाम । अछाममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन । नाम नखुलेका ३० बर्षिया एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अछाम, तुर्माखाँद गा.पा. ४ जंगलघाट स्थित सुर्खेत जोड्ने कर्णाली नदिको झोलुङ्गेपुल देखि अन्दाजी ५० मिटर तल कर्णाली नदिको किनारमा पुरुषको सव फेला परेको, र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













