कैलाली । खप्तडमालिका यातायात प्रा.लि का पदाधिकारीले सपथ ग्रहण संगै पदभार ग्रहण गरेका छन ।
आज चौराहस्थित आफनै कार्यालय भवनमा उनीहरुले सपथ ग्रहण संगै पदभार ग्रहण गरेका हुन । हालै सम्पन्न अबिधेशनले ७ सदस्यीय पदाधिकारी चयन गरेको थियो ।
अध्यक्ष दिल बहादुर खोलाउला, सदस्य नरेश भट्ट,नर वहादुर थापा मगर,दिनेश चौधरी, जित बहादुर जैगडी, अमित प्रताप सिंह, सलिग्राम भट्टललाई अधिबतmा जोहारी लाल चौधरीले सपथ ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष खोलाउलाले यातायात ब्यवसायीका समस्या समाधान लागी आफु पदमा रहदा या नरहँदा पनि अन्तिम सम्म लडिरहने वताए ।
पछिल्लो पटक यातायात ब्यवसायीहरु धरापमा पर्दै गएको स्मरण गदैृ उनले भने आफना माग सम्बोधन गर्न सवै यातायात ब्यबसायिलाई एक ठाउँमा ल्याउन मेरो पहल हुनेछ ।















