गोदावरी । कैलालीको गोदावरीको २ मा घरको कोठा भित्र बोरा भित्र लुकाई राखेको १६ किलो १८० ग्राम चरेश प्रहरीले पक्राउ गरेको छ । आज ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरी टोलीले तेघरी खानेपानी टोल बस्ने आईती धामीको श्रीमती ४५ बर्षिया मंगली धामीको घरमा लुकाई राखेको सो चरेश बरामद गरेको हो ।
चरेश नाप तौल गर्ने तराजु सहित फेला पारेको र धामी लाई समेत पक्राउ गरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोे छ ।













