कैलाली- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको झोला भित्र इलेक्ट्रिक कितलीमा माटो भेटिएको छ ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको झोला भित्र सो कितलीमा माटो भटिएको हो । माटोभरिएको कितली भित्र पनि बच्चाको टिफिन भेटिएको र निरीक्षणका लागि नेपाली सेनाको डिस्पोजल टोली र जिल्ला प्रहरी कार्यालयको सँयुक्त टोली लागि रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बाेहराले निशाना न्युजलाई जानकारी दिए ।













