कैलाली । नेपाली सेनाको डिस्पोजल टोलीले टिफिन भित्र भेटिएको बस्तुलाई डिस्पोजल गरेको छ ।देउवा निवास अगाडी गएराती शंकास्पद राखिएको झोला भित्रको टिफिनमा फेला पारेको बस्तुलाई अहिले सेनाको टोलीले डिस्पोजल गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको झोला भित्र इलेक्ट्रिक कितलीमा माटो भेटिएको र माटोभित्र पनि टिफिन फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले लामो समयको प्रयास पछि सेनाको टोलीले भेटिएको बस्तु भित्रको सामान डिस्पोजल गर्न सफल भएको वताए ।













