धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत आज धनगढी आइपुगेका छन् । बुद्ध एयरको बिहानको नियमित उडानबाट उनीहरू काठमाण्डौँबाट धनगढी आइपुगेका हुन् ।
प्रचण्ड पार्टीको सुदूरपश्चिम प्रदेश परामर्श बैठक र मन्त्री आरजु गौरा पर्वमा सहभागी हुन धनगढी आइपुगेका हुन् ।













