धनगढी- नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश परामर्श बैठक सुरु भएको छ । परामर्श बैठक आजबाट धनगढीमा सुरुभएको हो ।
बैठकमा केन्द्रीय पदाधिकारीसहित सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको जनाइएको छ ।
बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ,उपमहासचिव गिरिराजमणि पोखरेल,जनार्दन शर्मा,वर्षमान पुन,शक्ति बस्नेत, हरिबोल गजुरेललगायतका नेताहरुको सहभागिता रहेको पार्टीका प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।
बैठक भोलिसम्म सञ्चालन हुने जनाइएको छ ।














