धनगढी- कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी २ बस्ने बर्ष ६२ कि भागा भट्ट रहेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा पानि तान्ने मोटरबाट अचानक करेन्ट लागी घाईते भई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा ल्याई उपचार भईरहेको, र आज साढे एक बजेको समयमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । लाश अस्पतालको लाश घरमा राखिएको जनाएको छ ।













