कैलाली । कैलालीका विभिन्न स्थानवाट चारलाख बढीका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले सो सामान वरामद गरेको हो ।
प्रहरीले भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु. ४,२५,४६५ मुल्य बराबरको अबैध मालसामानहरु फेला पारी बरामद गरेको र आवश्यरक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी १० जुगेडाबाट २,७०,०००। बराबरको बिभिन्न कम्पनीका मोबाईलहरुको डिस्प्ले थान ९०, कैलालीको गोदावरी नगरपालिका ३ मालाखेती स्थित दक्षिण कटान जाने बाटोको भित्री सडक खण्डबाट अन्दाजी मुल्य रु १,२९,६००। बराबरको जर्दा तुल्सी सुर्ती १२९६० पिस बरामद गरेको जनाएको छ ।
त्यस्तै कैलाली गोदावरी ४ गोदावरी स्थित सडक किनाराबाट अन्दाजी मुल्य रु। १९,८६५। बराबरको नारीवल ९ केजी, प्लाष्टिक झील्ली ३२ केजी, पान छाप सुर्ती ३ पाकेट, सुपर पावर सुर्ती ५० पाकेट, सलाई ५५ पिस, र चिरवती ४ केजी र धनगढी ७ सरस्वती स्कुल नजिकबाट अन्दाजी मुल्य रु। ६,००० बराबरको ६० के.जि. प्याज प्रहरीले बरामद गरेको हो ।













