काठमाडौँ- काभ्रेको भुम्लु गाउँपालिका–१० छपन्न किलोस्थित सडकमा काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ९०६४ नम्बरको बसको ठक्करबाट हाल नाम,थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै,बाराको कलैया उपमहानगरपालिका–१६ विद्यानगरस्थित सडकमा कलैयाबाट पिलुवातर्फ जाँदै गरेको लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइको छ ।













