धनगढी- प्रहरीले धनगढी विमानस्थलबाट रु ८ लाख ४० हजार मूल्यका आइ-फोनसहित एकजना पक्राउ गरेको छ ।
आज धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी विमानस्थलबाट घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरीलाई आइ–फोनसहित प्रहरीले पक्राउ गरेको हो ।
चौधरीलाई विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मेसिनमा काठमाण्डौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका आई–फोनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।
निज चौधरीबाट एप्पल कम्पनीका २१ वटा आइ–फोन मोमाइल बरामद गरिएको उनले जानकारी दिए । बरामद गरिएका सामान त्रिनगर भन्सार कार्यालय पठाउने कार्य भइरहेको जनाइएको छ ।













