धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानवाट प्रहरीले ६ लाख वढी भन्सार छलीका सामान नियन्र्तणमा लिएको छ ।
धनगढी ३ ट्राफिक चौराहा र राजघाट, ९ बङ्ग्राकटान, भजनी १ ठेगरपुर, ३ ढुसी र ठेकीपुल, ५ लालबोज र टीकापुर ९ बालुवाटारबाट रु ५,८९,३६० को सामान नियन्र्तणमा लिएको प्रहरीले जनाएको छ ।
प्याज, चिनी, दाल, मिठाई, आलु, सुर्ती, बिडी, जुत्ता, चप्पल, ग्याँस पाईप, बिजुलीको सामान, पानि तान्ने मोटर, मोटरसाइकलका पार्टपुर्जा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी टोलीले सो वरावर मुल्य पर्ने सामान नियन्र्तणमा लिएको हा््े ।
त्यस्तै कञ्चनपुरको बेलौरी १ फटैयाबाट रु ५४,३८०।– बराबरको पेय पदार्थ, ट्याक्टरका पाटपुर्जा, स्कुटरको ब्याट्री, पेन्ट लगायतका
सामानहरु प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्र्तणमा लिएको जनाएको छ ।













