काठमाडौं । टोखा नगरपालिका ९ दिपज्योतीस्थित मकवानपुर बागमती गाउँपालिका ८ शुभयात्रा गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रूपैयाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













