• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १४ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

प्रदेश वन ऐन २०७७ को समिक्षा तथा सरोकारवालाबीच अन्तरक्रिया

  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ को समिक्षा तथा प्रदेशसभाका बिषयगत समिति तथा सरोकारवालाबीच अन्तरक्रिया भएको छ । आज सञ्चार प्रतिष्ठान नेपाल कैलालीको आयोजनामा धनगढीमा सरोकारवालाबीच अन्तरक्रिया भएको हो ।

अन्तक्रियामा सरोकारवालाले प्रदेश ऐनका बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागी बाह्रवन साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष ठक्करविक्रम शाहीले ढलापढा रुख संकलन गर्न नपाउँदा त्यसै खेर जाने अवस्था भएको बताउँदै प्रदेश ऐनमा त्यसलाई सहज बनाउनु पर्ने बताए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द पन्तले प्रदेश ऐनमा दण्ड जरिवानाको अधिकार सामुदायिक वन उपभोक्ता समूहमा हुनु पर्ने धारणा राखे । उनले वन पैदावार संकलनमा भएको जटिलता भएको बताउँदै त्यसलाई सहज बनाउनु पर्ने बताए ।

त्यस्तै सहभागी टंक बास्कोटाले निजी वनमा रोपिएका रुखहरु प्रयोग गर्न पाउने गरि स्पष्ट लेखिनु पर्ने बताए । उनले निजी वनमा जुनसुकै प्रजाति रुख भएपनि सम्बन्धित धनीले प्रयोग गर्न पाउने व्यवस्था ऐनमा हुनुपर्ने धारणा राखे ।

शान्ति सामुदायिक वन उपभोक्ता समूह कैलालीकी सदस्य निता चन्द शाहीले जनताका लागि सहज हुने गरी ऐनमा संशोधन हुनपर्ने धारणा राखिन् । उनले सामुदायिक वनका खाली जग्गामा सरकारी भवन,खेल मैदान बनाउने कुरा राम्रो नभएको बताइन् ।

धनगढी उपमहानगरपालिका–१८ का वडाध्यक्ष भुवन रिजालले कैलाली र कञ्चनपुरमा छाडा चौपायाको समस्या भएको बताउँदै वन क्षेत्रमा चौपायाको चरण र वासस्थान क्षेत्र पनि राख्नुपर्ने बताए । उनले आगलागीबाट जंगल जोगाउन आवश्यक उपकरणको व्यवस्था गर्न पनि आवश्यक रहेको बताए ।

वडा नं. ३ का वडाध्यक्ष राजबहादुर ऐरले निजी वनलाई राष्ट्रिय वनसँग राख्न नहुने बताए । उनले मानव र वन्यजन्तुको द्वन्द्व बढ्दै गएको बताउँदै वनको संरक्षित क्षेत्र र जैविक मार्ग आश्यकता अनुसार मात्रै राख्दा राम्रो हुने धारणा राखे ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले संघ,प्रदेश र स्थानीय तहको ऐन एक अर्कासँग बाँझिन नहुने बताए । उनले गैह्र कानुनीरुपमा बनेका सडकमा रुखको समस्या भएको बताए । उनले संघले अधिकार दिए मात्रै रुख काट्न सकिने बताउँदै सडकलगायत क्षेत्रमा पर्ने रुख काट्न संघले निर्णय गर्नुपर्ने बताए । ढलापढा रुख पनि सामुदायिक वनको कार्ययोजनामा भएको भन्दा बढी संकलन गर्न नपाइने व्यवस्थाले ढलापढा रुख उठाउनमा समस्या भएको बताए । सुखाखडा रुख निकाल्न पनि नीतिगत निर्णय आवश्यक हुने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य डा. ताराप्रसाद जोशीले समस्या पहिचान भएर आए कानून बनाउन सहज हुने बताए । उनले वनपैदावारलाई रोजगारीसँग जोडेर लैजानुपर्ने बताए । वनको बिषयमा गहन अध्ययन हुनुपर्ने बताउँदै उनले अध्ययनले कानून बनाउन सहज हुने बताए ।

प्रदेशसभा सदस्य जुनादेवी दानीले सहभागीबाट आएका सुझावले प्रदेश वन ऐन संशोधन गर्न टेवा पुग्ने बताइन् । उनले कानून निर्माण तथा संशोधनका लागि आफूहरु तयार रहेको बताइन् । प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति मानबहादुर रावलले कानूनले गर्दा जनतामा कहाँ के समस्या भयो त्यसका खास कुरा आए संशोधनमा सहज हुने बताए । उनले वन पैदावारलाई आय स्रोतसँग जोड्ने काम हुनुपर्ने बताए ।

कार्यक्रममा अधिवक्ता गभ्भीरसिंह ऐरले सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ का विशेषता र यसमा गरिनु पर्ने सुधारका बारेमा प्रस्तुतिकरण राखेका थिए । त्यस्तै भारताल साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष तथा वन संरक्षण अभियान्ता यादवप्रसाद भण्डारीले ऐनमा संशोधन गर्नुपर्ने बिषय बुँदागत रुपमा राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वारले गरेका थिए । यसअघि आइतबार पनि प्रतिष्ठानले प्रदेश वन ऐन २०७७ का बारेमा सरोकारवालाबीच अन्तक्रिया कार्यक्रम गरेको थियो । सो अन्तक्रियामा पनि सहभागीले ऐन संशोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

  • प्रदेश वन ऐन
बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते
माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु
नुहाउने क्रममा डुबेर किशोरको मृत्यु
बालबालिकाविरुद्धको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यी भूभागमा वर्षाको सम्भावना

समाचार

सबै

यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु

नुहाउने क्रममा डुबेर किशोरको मृत्यु

बालबालिकाविरुद्धको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु

नुहाउने क्रममा डुबेर किशोरको मृत्यु

बालबालिकाविरुद्धको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १४ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.