बर्दिया । गुलरिया नगरपालिका ११ बाधापुर बस्ने २१ वर्षीया अस्मिन गद्दिको करेन्ट लागेर आज मृत्यु भएको छ । आफ्नै घरमा टेबल पंखा चलिरहेको अवस्थामा सोही पंखालाई घुमाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













