अछाम । अछाममा २ जना मानिसलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६८ बर्षका नन्दराम साउँद र ६७ का चिन कार्की रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटि गएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा घर तथा वारिमा खाँनतलासी गर्दा अछाम, पञ्चदेवल बिनायक ९ ओखरगैरा बस्ने साउँदले आफ्नै घर नजिक बारीमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान १ , सिसाको गोली थान १३ र बारुद र सोही ठाउँ बस्ने कार्कीले आफ्नै घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान १ सिसाको गोली थान ९ वटा र बारुद सहित फेला पारी उक्त भरुवा बन्दुक, सिसा र बारुद समेत फेला परेको प्रहरीले जनाएको छ । निजहरुलाई बरामद उल्लेखित हातहतियार सहित नियन्त्रणमा लिएको, र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













