कैलालीमा पानीमा डुबी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ८ श्रीपुर बस्ने ३० बर्षका कमल चौधरी रहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपलिका ३ बिशालनगर स्थित नेतुवा तालमा गई डुबेर उनको मृत्यु भएको हो । स्थानियले खबर गर्ना साथ तत्काल पोष्ट बाट प्रहरी सहायक निरिक्षक भुपेन्द्र शाहि को कमाण्डमा ३ जना, वडा प्रहरी कार्यालय धनगढीबाट प्र.ब.ना.नि गोपाल कार्कीको कमाण्डमा आज प्रहरी टोलि खटि गई, स्थानिय र नगर प्रहरीको सहयोगमा उक्त तालमा खोजतलास गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
लास ताल बाट निकालेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कैलाली बाट प्र.नि दिपक बहादुर धामीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गएको थियो । मृतकको मानसिक अबस्था कमजोर रहेको उनका दाई सिताराम चौधरीले जानकारी दिएको प्रहरीले बताएको छ ।













