धनगढी- प्रहरीले लागूऔषध(खैरो हिरोइन) सहित दुई जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका–७ उच्च गोलौरीका १९ वर्षीय रबिन चौधरी र १९ वर्षकै राजेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखावाट खटिएको प्रहरी सहायक हवल्दार मनोज धामीको टोलीले जानकी गाउँपालिका–७ उच्च गोलौरीस्थित सडक खण्डमा पैदल हिडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई शंका लागि चेकजाँच गर्दा निज रबिन चौधरीले लगाएको पाइन्टको दायाँ खल्तीमा लुकाई छिपाई गरी राखेको कुल शुद्ध तौल ९२४ मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेलापारी रितपुर्वक बरामद गरी नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जनाइएको छ ।













