डोटी ।, डोटीमा कोदालो प्रहार गरी आफनै सहोदर दाईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी, जोरायल ६ डाँडागाँउ बस्ने बर्ष अन्दाजी ५५ को नर बहादुर जोरा रहेका छन ।
सोमवार दिउसो ५५ बर्षिया नर बहादुर जोराले आफ्नै सहोदर दाई बर्ष ६६ को गणेश जोरालाई घरायसी बिवादका कारण झगडा हुँदा कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको हो ।
उनको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट प्रहरी टोली खटि गई निज नर बहादुर जोरालाई नियन्त्रणमा लिई घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भईसकेको, र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













