डुबेर मृत्यु
काठमाडौं । कपिलवस्तु, यसोधरा गाउँपालिका ५ बैदौली बस्ने मोहम्मद मुसलमानको छोरा ७ वर्षीय मोहम्मद उमर मुसलमानको सोही ठाउँस्थित मर्सैया खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।
माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । झापा, शिवसताक्षी नगरपालिका १० दोमुखास्थित कन्काई माईखोलामा डुबेर भद्रपुर नगरपालिका ५ बस्ने १७ वर्षीय फिरोज खानको सोमबार दिउँसो मृत्यु भएको छ ।
खोलामा नुहाउने क्रममा फिरोज र बिर्तामोड नगरपालिका-२ बस्ने १८ वर्षीय उज्वल राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी माइधार र इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फिरोजको शव फेला परेको हो । बेपत्ता भएका उज्वलको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













