कैलाली । गोदावरी नगरपालिका ८ बस्ने टेक बहादुर बोहराको छोरा ५ वर्षीय रितिक बोहराको करेन्ट लागेर आज मृत्यु भएको छ । घरमा खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













