धनगढी– नेपाल भ्यालुअर्स एशोसियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा विपिन बिष्ट निर्वाचित भएका छन् । कैलालीको गोदावरीमा सम्पन्न दोस्रो अधिवेशनबाट बिष्टको नेतृत्वमा ९ सदसिय कार्यसमिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा रबेन्द्र बिक, सचिवमा खगेन्द्र अवस्थी, कोषाध्यक्षमा राजकुमार खड्का निर्वाचित भएका हुन । यस्तै समितिको सदस्यमा डम्बरबहादुर साउँद, राजन चौधरी, धर्मेन्द्र सिंह, राकेशसिंह भाट र जय राज जोशी निर्वाचित भएका छन् ।













