धनगढी- कैलालीमा बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा गएका छन्।
जिल्लाको जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ५१ परिवार सुरक्षित स्थानमा बसीरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीक अनुसार पूर्व सूचनाका आधारमा जानकी गाउँपालिका–४ गिरधरपुरका ३५ घर र वडा नं. ७ फरेलाका १६ घर परिवार सुरक्षित भवनमा बसीरहेका छन् ।
त्यस्तै जोशीपुर गाउँपालिका–४ को वाणी र पटाउप गाउँमा र वडा नं. ३ को भित्तरिया गाउँमा पथरैया र काँढा नदीको बाढि पसेको र अहिलेसम्म त्यँहाको जन जीवन सामान्य रहेको उनले जानकारी दिए ।













