धनगढी- प्रहरीले कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ ।
शनिबार जिल्लाको भीमदत्त नगरपालिका– ९ ब्रह्मदेवबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २४ हजार ५१ रुपैया मूल्य बराबरका सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
इलाका प्रहरीकार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त मुल्य बराबरका बाला, चुणा, जन्तर, खेलौना लगायतका सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













