डडेल्धुरा । डडेल्धुरावाट चरेश सहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी ७ का ३५ बर्षका तेज कैनी र अजयमेरू ६ का ४५ बर्षिया राज सिंह भण्डारी रहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ प्रहरी चौकी पोखरा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पोखरा बजारबाट कैनीलाई शंका लागि चेकजाँच गर्दा ०८ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि नियन्त्रणमा लिई, थप अनुसन्धान भईरहेको जनाएको छ ।
यसैगरी, अस्थायी प्रहरी पोष्ट राजुल, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अजयमेरू भण्डारीगाउँ वाट भण्डारीलाई शंका लागि चेकजाँच गर्दा ४७।३४ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।













