झापा । गौरीगंज गाउँपालिका ६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा विद्युत सर्ट भई आगलागी हुँदा आज घरभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, काठपात, लत्ताकपडा, भाँडावर्तन जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै सोही घरमा डेरा गरी बस्ने मेगनाथ राजवंशी र मोहन दासको कोठाभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर दुवै जनाको गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।













