• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

तीस वर्षसम्म बाटोले गाउँ छोएन

  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

बैतडी- नेपालको हवाई क्षेत्रमा ३० वर्ष सेवा निवृत्त हुनुभएका हवाईजहाजका इन्जिनियर ८६ वर्षीय नयनसिंह जन्मेकोे बैतडीको च्वाँगढमा अहिलेसम्म मोटर चल्ने बाटो छैन । सडक नहुँदा यहाँका स्थानीयवासी आफ्नै जिल्ला सदरमुकाम पुग्न पैदल बाटो हिँडेर बझाङको देउरा र डडेलधुराको नवदुर्गा गाउँपालिका फन्को मारेर आवतजावत गर्न बाध्य छन् ।

भूगोलका हिसाबले बैतडीका १० वटा स्थानीय तहमध्ये सबैभन्दा ठुलो भूगोल भएको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक नहुँदा गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाका स्थानीय डडेलधुरा भएर बैतडी सदरमुकाम धाउँदै आएका छन् भने ६, ७ र ८ नम्बर वडाका स्थानीय चार घण्टा पैदल हिँडेर बझाङको देउरा घुमेर बल्ल जिल्ला सदरमुकाम पुग्ने गरेका छन् ।

आजभन्दा ७० वर्षअघि च्वाँगढको सिगासबाट अध्ययनका लागि पैदल हिँडेर भारतको उत्तराखण्ड राज्य पुग्दाको अनुभव सुनाउँदै हवाईजहाजका इन्जिनियर नयन सिंहले दुर्गम गाउँमा राज्यको आँखा पुग्न नसकेको गुनासो गरे । उनले भने, “७० वर्षअघिका ती दिन निकै सङ्घर्षपूर्ण थिए । गाउँमा सडक थिएन । आज पनि छैन । अध्ययन गर्न जाँदा भरिया जस्ता भएर हामी खाद्यान्न बोकेर भारतको पिथौरागढ जान्थ्यौँ ।”

गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राविधिक शिक्षाको पढाइ हुने शैक्षिक संस्था खुल्न सकेको छैन । प्राविधिक विषयको अध्ययन गर्न सिगास गाउँपालिकाका विद्यार्थी अहिले पनि सातुसामल बोकेर चार घण्टादेखि एक दिनको पैदल बाटो हिँडेर सदरमुकामस्थित वीरेन्द्र मावि धाउन बाध्यता छन् । सिगासबाट हिँडेर बझाङको देउराबाट धनगढी जाने बसमा यात्रा गरेपछि बैतडीको पाटन नगरपालिका–८, खोड्पे पुगिन्छ । त्यहाँबाट अर्को जिप चढेर बल्ल सदरमुकाम पुग्ने गरेको स्थानीय धनश्याम धामीले बताए । गाउँका विद्यार्थी कम्प्युटर, कृषि प्राविधिक र सिभिलतर्फको ओभरसियरलगायत प्राविधिक विषयको पढाइ गर्न जिल्ला सदरमुकाम वा नेपालका अन्य सहर धाउने गरेका छन् ।

तिस वर्षमा नौ किलोमिटर कच्ची सडक

आजभन्दा करिब ३० वर्षअघि च्वाँगढको सिगास गाउँपालिकामा सडक पु¥याउन तत्कालीन जिल्ला विकास समितिले २०५२ मङ्सिर २८ गते उद्घाटन गरेको सडक सिगास गाउँपालिका–२ भन्दाअघि बढ्न सकेको छैन । बैतडी–बझाङ जाने जयपृथ्वी राजमार्गको दुदिलाखानबाट अघि बढेको गाँजरी– थलाकाँडा–ढुङ्गाढ सडकखण्डको ५० किलोमिटरमध्ये हाल गाँजरीसम्म नौ किलोमिटर मात्रै कच्ची सडक खनिएको छ ।

गाउँपालिका केन्द्र गर्जेसम्म सडक जोड्न स्थानीय तहले डडेलधुराको नवदुर्गा गाउँपालिकाको ठाँटाबाट अघि बढेको सिन्याखेत–गर्जे सडक पहिरोले ­बगाएपछि यातायात चल्दैन । यहाँका स्थानीय पैदलबाटो हिँडेर दैनिक उपभोग्य वस्तु ढुवानी गर्न बाध्य छन् । गाउँपालिकाका उपाध्यक्ष धाना धामीका अनुसार च्वाँगढको पुरानो सदरमुकाम गाँजरी बजारबाट एक दिनको पैदल दुरी हिँडेर थलाकाँडा र ढुङ्गाढ पुग्नुपर्ने बाध्यता रहेको छ । सडक नहुँदा गाउँपालिकाका ३, ४, ५, ६, ७, ८ र ९ नम्बरका स्थानीय सामाजिक सुरक्षा भत्ता लिन एक दिन पैदल हिँडेर गाँजरीमा रहेको कृषि विकास बैङ्क पुग्ने गरेका छन् ।

जिल्लाका अन्य गाउँपालिका सडक सञ्जालसित जोडिए पनि सिगास गाउँपालिका अझै सडक सञ्जालसित जोडिन नसकेको उपाध्यक्ष धामीले बताए । दुदिलाखान–गाँजरी–थलाकाँडा सडकसँगै सुरु भएका बैतडीको पाटन–पञ्चेश्वर सडक, सिल्लेगाडा सडक कालोपत्रे भइसके पनि च्वाँगढको गाँजरी सडक अलपत्र परेको स्थानीयको गुनासो छ । प्रदेश सरकारले गाँजरीबाट घौलाडीसम्म ट्र्याक खोले पनि गाउँपालिका केन्द्र गर्जेसम्म सडक नहुँदा यहाँ सिगास गाउँपालिका–१ र २ का स्थानीय एकदिनको पैदल बाटो हिँड्न बाध्य छन् । सिगास गाउँपालिका–१, बिन्द्रावन, जुकेपानी, बेसरा, इराना, माडौँ सडकको अवस्था पनि उस्तै रहेको उनले बताए।

सुत्केरीलाई हवाई उद्धार

गाउँपालिकामा एम्बुलेन्स चल्ने सडक सुविधा नहुँदा सिगास गाउँपालिकाका अधिकांश सुत्केरीको हवाई उद्धार गरि प्रसूति गराउँदै आइएको छ । गत वर्ष सिगास गाउँपालिका–६, थलाकाँडा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेकी २० वर्षीय विन्दु धामीलाई हवाई उद्धार गरेर कर्णाली प्रदेशको सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमले सुत्केरीको ज्यान जोगिए पनि शिशुको मृत्यु भएको छ ।

कर्णालीपछि सुत्केरीको हवाई उद्धार हुने सुगम जिल्ला बैतडीको एक मात्रै दुर्गम सिगास गाउँपालिका हो । सडक यातायातको पहुँच नहुँदा यहाँ सुत्केरीबाहेकका बिरामीले अकालै ज्यान गुमाउने गरेका छन् । यसअघि च्वाँगढबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरेर नेपालगन्ज लगिएको सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले बताइन।

सिगास गाउँपालिकाका विभिन्न सडक अनुगमन गर्दा उपभोक्तामार्फत निर्माण गरिएका सडक मापदण्ड अनुसार नभएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताए । सङ्घ र प्रदेश सरकारले पर्याप्त बजेट विनियोजित गरेर ठेक्कामार्फत काम गराउनुपर्नेमा उनले जोड दिए।गोरखापत्रबाट

  • बाटो
बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.