कैलाली । धनगढी उपमहानगरपालिकाले फोहोर ब्यवस्थापन गर्न थालेपछि धनगढीको बसपार्क सफा र चिटिक्क देखिन थालेको छ । बसपार्कमा गएर उपमहानगरपालिकाले दिनहुँ माइकिङ मार्फत यात्रुलाई जथाभावीरुपमा फोहोर नफाल्न र फालेमा कार्वाही हुने भनि सजग गराउन थालेपछि बसपार्क सफा र चिटिक्क भएको हो । उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा फोहोर फाल्नका लागि डस्टविनको ब्यवस्थापन गरेको छ ।
तस्बिर : टंक कुँवर

















