धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले पाँच लाख बढी भन्सार छलीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिगएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको सो वरावरको सामान बरामद गरेको हो ।
५,३१,१९७ मुल्य बराबरको अबैध मालसामानहरु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका स्थित जुगेडा, हल्दुघाट, मनेहरा, ट्राफिक चोक, त्रिबेणीघाट र बेलीबाट अन्दाजी मुल्य रू८९,०६७। बराबरको कपडा, सुर्तिजन्य पदार्थ, चिनि र किरानाका सामानहरु, भजनी नगरपालिका स्थित चर्रा, पडरिया चोक र हिक्मतपुरघाटबाट अन्दाजी मुल्य रू ४,४२,१३० बराबरको से ५ प १६१४ न को मो.सा. सहित मो.सा. का बिभिन्न पार्टपुर्जाहरु, कपडा, तरकारीहरु, चिनि र ईलेक्टोनिक सामान रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहरा ले जानकारी दिए ।













