धनगढी– चुरे गाउँपालिकाले २०८० को एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरेको छ ।
राष्ट्रिय शिक्षा दिवस–२०८१ को अबसरमा शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षामा गाउँपालिका स्तरीय उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थी तथा बिद्यालयलाई सम्मान गरिएको हो ।
चुरे गाउँपालिका–३ मा रहेको भानु माध्यमिक व्द्यिालय चित्रपुरबाट एसइईमा प्रथम स्थान हासिल गर्न सफल डेबिट शाहलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिए ।
उनले गाउँपालिकाभर एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई हरेक वर्ष सम्मानित गर्ने गाउँपालिकाको नीति रहेको बताए ।













