धनगढी- डेउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ।
गत भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका बोगटीको आज दिउँसो १ बजे धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गत ३१ गते धनगढी उपमहानगरपालिका- ६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हाइसले ठक्कर दिँदा उनी घाइते भएका थिए। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बोगटीलाई उपचारको लागि माया मेट्रो अस्पताल पुर्याएको र आज दिउँसो १ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
ठक्कर दिने हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक पनि हुन् ।













