काठमाडौं। काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ मसिने बस्ने ७० वर्षीया थुनि माया तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर सोही घरमा बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकै श्रीमती ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको हो । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै घाइते भएकी थुनि माया र १२ वर्षीया बिनिसा तमाङको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ ।
ललितपुर, अविरल वर्षाको कारण गोदावरी नगरपालिका-१० टाखेल बस्ने मोहन सिंहको टहरो गए राति पहिरोले पुरिँदा उनकै श्रीमती ५८ वर्षीय सानु चालिसेको मृत्यु भएको छ । पहिरोले पुरीएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको हो । यसैगरी ललितपुर, गोदावरी नगरपालिका-९ चुनिखेल बस्ने पाँचथर घर भएकी ४८ वर्षीया सुशिला लिम्बुको पहिरोले पुरिएर गए राति मृत्यु भएको छ । आँगनमा उभिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी ललितपुर, महाङकाल गाउँपालिका-३ माथिल्लो गोटिखेल बस्ने राजकुमार सिङतानको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा २ वर्षीय संयम सिङतानको
घटनास्थलमै मृत्यु भएको छ ।
भक्तपुर, सुर्यबिनायक नगरपालिका-९ पलासे सुर्यमोड बस्ने कालीकोट सानीत्रिवेणी गाउँपालिका-५ घर भएका २४ वर्षीया बमिला शाहीको टहरा शनिबार बिहान पहिरोले बगाउँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बमिला शाही, उनकै बहिनी १४
वर्षीया मनिशा शाही र उनकै छोरी ४ वर्षीया श्रीया बमको मृत्यु भएको हो । पहिरोले टहरा बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
काभ्रे, बेथानचोक गाउँपालिका-५ च्याल्टी बस्ने ४४ वर्षीय प्रेम बहादुर वाइवाको पहिरोले पुरिएर शुक्रबार बेलुकी मृत्यु भएको छ । च्याल्टि बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा सोही ठाउँस्थित सडकमा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको
हो । काभ्रे, बनेपा नगरपालिका-१० मयलटार बस्ने बिक्रम हुमागाईको टहरो शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा ६ वर्षीय युबिन हुमागाईको मृत्यु भएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएका उनको भक्तपुर नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी काभ्रे, अविरल वर्षाको कारण बनेपा नगरपालिका-१४ थालचोक बस्ने ३१ वर्षीय मिलन तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा मिलन र उनकै छोरी ४ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ । पहिरोमा ३ जना ब्यक्तिहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै घाइते भएकी मिलनकी श्रीमती ३२ वर्षीया आईतेमाया तामाङको प्राथमिक उपचार भइरहेको छ । काभ्रे, पनौती नगरपालिका(२ ठारे बस्ने ६० वर्षीय सानुकान्छा तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै बुहारी ३६ वर्षीय कान्छी तामाङको मृत्यु भएको छ । साथै पहिरोले पुरिएर ६ जना घाइते भएका छन् । काभ्रे, अविरल वर्षाको कारण भुम्लु गाउँपालिका-८ सिदरेचौर बस्ने २६ वर्षीय राम माझीको घर शनिबार बिहान पहिरोले पुरिँदा सोही गाउँपालिका-१ बस्ने उनकै
ससुरा ५० वर्षीय गोबिन्द माझीको मृत्यु भएको छ । पहिरोले पुरिएर रामकी आमा ४५ वर्षीया बाटुलि माझी बेपत्ता भएको र रामकी श्रीमती ३० वर्षीया राधिका माझी, छोरी १० वर्षीया शिखा माझी, छोरा ६ वर्षीय सिकिस माझी घाइते भएको भन्ने खबर हुनासाथ
प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले घाइतेहरूलाई उद्दार गरी उपचारको लागि दोलालघाट पोलिक्लिनिक पठाएको छ भने हाल बेपत्ता बाटुलिको खोजी गरिरहेको छ ।
धादिङ, थार्के गाउँपालिका(६ महादेवबेशी बजार बस्ने ४५ वर्षीय सानु राईको पहिरोले पुरिएर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै टहरोमा पानी कटाउन गएको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको हो ।
धनकुटा, पाख्रीबास नगरपालिका(५ गुरासे देवीथान बस्ने सन्तोष तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाको आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु
भएको हो । घरमा राखेको सामान निकाल्ने क्रममा आशा र रामकुमारी पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाख्रीवास समेतबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै उक्त घरमा सामान निकाल्न जाने क्रममा घाइते भएकी २४ वर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ ।
पाँचथर, फिदिम नगरपालिका(४ चिसापानीस्थित आदिवासी जनजाति महासंघको सामुदायिक भवन शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर भवनमा सुतिरहेका फिदिम नगरपालिका(१२ बस्ने २४ वर्षीया सपना शेर्पा र उनकै छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको हो । पहिरोले भवन पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-४ च्यानेस्थित सिन्धु बिच रिसोर्टमा पहिरो जाँदा हाल नाम, थर, वतन नखुलेका २ जना पुरूषको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ । पहिरोले पुरिएर हाल बेपत्ता भएका अन्य २ जनाको प्रहरीले खोजी
गरिरहेको छ । यसैगरी सिन्धुपाल्चोक, जुगल गाउँपालिका-१ कुने गाउँ बस्ने ४५ वर्षीय चित्र बहादुर मिजारको घर शनिबार दिउँसो पहिरोले बगाउँदा चित्र बहादुर र उनकै घरमा पाहुना आएका अविनाश नेपालीको हाल नाम, थर वतन नखुलेका ५ वर्षीय छोराको मृत्यु भएको छ ।साथै पहिरोमा बेपत्ता भएका चित्र बहादुरकी श्रीमती ४५ वर्षीया ठुली कान्छी मिजार र
अविनाशको प्रहरीले खोजी गरिरहेको छ । रामेछाप, अविरल वर्षाको कारण रामेछाप नगरपालिका(६ ज्यामिरेबोटस्थित गोठ शनिबार बिहान पहिरोले बगाउँदा सोही ठाउँ बस्ने ५१ वर्षीया धन माया मगरको मृत्यु भएको छ ।
मकवानपुर, अविरल वर्षाको कारण बागमती गाउँपालिका-२ सल्लेरीस्थित घर शुक्रबार राति पहिरोले पुरिँदा सोही गाउँपालिका(३ सुक्खा सल्यनी बस्ने २० वर्षीया फुलमाया थिङको मृत्यु भएको छ । पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।













