धनगढी- प्रहरीले कैलालीबाट भन्सार छलीका सामानसहित एकजनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्लाको टीकापुर नगरपालिका–७ का २८ वर्षीय दीपक धामीलाई अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु २ लाख ७२ हजार बराबरको अवैध पटाकासहित साेही ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निजले प्रयोग गरेको से ३ प ४३६९ नम्वरको मोटरसाइकलसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाइएको छ ।













