धनगढी- कैलालीमा अवैध भन्सार छलीका सामानसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको लखिमपुरका २५ वर्षीय ईरफान खान रहेको प्रहरीले जनाएको छ ।
खानलाई धनगढी उपमहानगरपालिका–१९ पच्चिस घरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु १ लाख ९० हजार बराबरको ७१ थान ट्याक्टरको ब्यरिङ र निजले प्रयोग गरेको UP31E9273 भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित शुक्रबार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
खानलाई ईलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाइएको छ।













