कैलाली । दशै तिहार लक्षित बिशेष सुरक्षा योजना अन्र्तगत सशस्त्र प्रहरी बल ७ नं बैजनाथ बाहिनीले सुदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय ४४ सशस्त्र प्रहरी परिचालन गरेको छ । भारतबाट रोजगारी गरी घरफर्कने नेपाली र अन्य देशका नागरिकलाई समस्या हुन नदिन नाकामा कडाई गर्नुका साथै सुदुरपश्चिमका ९ जिल्लाको २१ स्थानमा हेल्प डेस्क र ५ जिल्लाको ५ स्थानमा हेल्थ डेष्क निर्माण गरिएको छ ।
शान्ती सुरक्षालाई मध्यनजर गर्दै स्टेण्डवाइ १ पलाटुन २४सै घण्टा सुरक्षामा खटिने गरेको सशस्त्र प्रहरी वल ७ नं बैजनाथ बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।
तस्बिर ः टंक कुंवर
















