काठमाडौं । मोरङ, रंगेली नगरपालिका-७ धर्मशाला टोलस्थित मोरिया खोलाको किनारमा सोही ठाउँ बस्ने ५० वर्षीय सिद्धान्त मण्डल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, नारायण नगरपालिका-२ जारकोट बस्ने ५५ वर्षीय पदम थापा सोही ठाउँस्थित सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, दुधौली नगरपालिका-६ तल्लो दमन बस्ने ६० वर्षीय प्रेम लाल दनुवार कुमर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका(२ बल्खु पुल मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, गजुरी गाउँपालिका-२ परेवाभिरस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, मटिहानी नगरपालिका(९ बिग्ही खोलामा सोही नगरपालिका-९ सिमरदही बस्ने १८ वर्षीया आरती मण्डल सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













