कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले जुवातास खेलिरहेको अबस्थामा ९ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरापलिका ४ को एक घरको पाँचौ तलामा जुवातास खेलिरहेको अबस्थामा नीहरुलाई पक्राउ गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नगद रु.६३,३९०। र २०८ पत्ति तास सहित उनीहरुलाइ पक्राउ गरेको जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













